भुटाहा प्रहरीले ५०० हजार लिटर घरेलु मदिरा नष्ट

समाज

अन्सार अन्सारी हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साबिक को रामनगर भुटाहामा रहेको भुटाहा प्रहरीले ५००हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ। भुटाहा प्रहरी चाैकीले शुक्रबार बरामद भएको ५०० हजार लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको हो। हरिनगर १ मलहा टोलमा बिहानको समयमा गस्ती टोलिले घरेलु मदिरा बरामद गरि नष्ट गरिएको प्रहरी चाैकी भुटाहाका प्रमुख कुज्य प्रसाद कटेलले बताए ।प्रहरी चाैकी भुटाहाका अनुसार मलहा टोलमा घरेलु मदिराका कारण दिन्हु झैझगडा हुने गरेको कारण गस्ती टोलिले नियन्त्रणमा लिइ घरेलु मदिरा नष्ट गरि आधी मदिरा जिल्ला पठाए भुटाहा प्रहरीले जनाए । घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनाेद पाेखरेलले जानकारी दिए।सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनाेद पाेखरेको अनुसार गाउँ घरमा लगाइएको गाँजाको बोट पनि नस्ट गर्न प्रहरी लागि आदेश दिएको बताए । भुटाहा प्रहरी प्रमुख कुज्री प्रसाद कटेल का अनुसार ‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, एसएसपी पोखरेलले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ।’ प्रहरीले बिहिबार नष्ट गरेको तयारी मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ हरिनगर १ को मलहा टोल बाट ५०० हजार मदिरा बरामद गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।