पाकिस्तान सुपर लिगको ड्राफ्टमा ५ खेलाडी राख्न क्यानको प्रस्ताव

क्रिकेट खेलकुद

नेपालका ५ खेलाडीलाई पाकिस्तान सुपर लिग (पीएसएल)मा राख्न नेपाल क्रिकेट संघ क्यानले प्रस्ताव गरेको छ । क्यानले अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसी मार्फत नेपाली खेलाडीलाई ड्राफ्टमा राख्न प्रस्ताव गरेको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार बिनोद भण्डारी, करण केसी, आरिफ शेख, पवन सर्राफ र ललितनारायण राजवंशीलाई ड्राफ्टमा राख्न अनुरोध गरेको बताउनुभयो ।
आईसीसीमार्फत सो प्रस्ताव पाकिस्तान क्रिकेट बोर्डमा लगीने आश्वासन आएको उहाँले बताउनुभयो । सन् २०२० को पीएसएलका लागि क्यानले ती खेलाडीको सुची आईसीसीमार्फत प्रस्ताव गरेको हो ।
क्यानले अन्य मुलुकमा हुने फ्रेन्चाईज लिगमा नेपाली खेलाडीलाई समाबेश गर्न प्रयास थालेको प्याकुरेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।