Logo

नेपालबिरुद्ध एमसीसीको उत्कृष्ट ब्याटिङ, भ्रमणकारी टोली उच्च योगफलउन्मुख

कैलाश
२०७६ कात्तिक २० , बुधबार ०५:११ मा प्रकाशित

नेपालबिरुद्धको तीन दिवसीय क्रिकेटमा भ्रमणकारी मेरिलिबोन क्रिकेट क्लब एमसीसीले उच्च योगफल तयार पारेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको भ्रमणकारी दिनको समाप्तीमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको हो । खराब प्रकाशका कारण ८७ ओभर मात्र सम्भव भएको खेलमा सामान्य सुरुवात गरेको भ्रमणकारी टोलीलाई मध्यक्रमका ब्याट्सम्यानले उच्च योगफलमा पुर्याएका हुन् । यासिर अराफात ३५ र एलेक्स थम्पसन २२ रनमा क्रिजमा रहेका छन् ।
एमसीसीको ईनिङसमा तीन ब्याट्सम्यानले अर्धशतक बनाएका छन् । विल रोड्सले ७३, मिल्स हाम्मोण्डले ५२ र वील भाण्डरस्परले ५३ रन बनाएर पभेलियन फर्किए । नेपालका सोमपाल कामी, सन्दिप लामिछाने र शरद भेषावकरले समान २ विकेट लिए । पहिलो दिन करण केसी, आरिफ शेख र पवन सर्राफ विकेटबिहिन बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?