Logo

नेकपाका तथा अन्य पार्टीका करिब ६ सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

न्युजडेस्क
२०७६ कात्तिक २० , बुधबार ०४:११ मा प्रकाशित

अन्सार अन्सारी

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीबजारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि ६ सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेस क्षेत्र नं ४(२) प्रदेश क्षेत्रिय कार्य समिति,सुनसरी द्वारा अायाेजित शभकामना अादान प्रदान तथा चिया पान कार्यक्रम नेकपाका तथा अन्य पार्टीका करिब ६ सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ ख ले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमकाबिच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं ४ का सासंद ज्ञानेन्दबहादुर कार्की, क्षेत्र नं २ का सांसद सिताराम मेहता र प्रदेश सभामा विपक्षी दलका नेता राजिब कोइरालाले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन् ।

कार्यक्रममा घुस्की बजार व्यवश्थापन समितिका अध्यक्ष तथा नेकपाका कार्यकर्ता जहागिर अन्सारी ,जावेद मंसुरी , सहजाद अन्सारी , प्रमिला उराँव ,सविता उराँव ,लक्षमि मेहता,सुखी कुमार मेहता,घुस्कीका एउटा पुराबस्ती शान्ति टोल लगायत एक हजार कार्यकर्ता पार्टी प्रवेश गरेको हरिनगत गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

कार्यक्रममा मन्तव्य राख्दैँ प्रमुख अतिथी कार्कीले विश्वको धेरै मुलुकबाट हराउँदै गएको साम्यवाद त्यागेर लोकतान्त्रीक शक्तिमा प्रवेश गरेकोमा आफुलाई खुशी लागेको बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका कांगे्रस नेता कार्कीले दुई तिहाईको दम्भका नेकपा पतनको बाटोतर्फ अग्रसर हुँदै गएकाले मुलुकको समृद्धि र दीर्घगामी बिकासका लागि कांग्रेस बाहेकको विकल्प नरहेको बताए ।

यस ठाँउको प्रत्येक समस्याको बारेमा आफुँ जानकार रहेको र यसको समाधानमा लागि पर्ने धारणा व्यक्त गरे ।यातायात तथा सडकको समस्या लगायतका समस्याको बारेमा जानकार रहेको उनले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सातै प्रदेशमा कांग्रेस सरकारले चुनेका प्रदेश प्रमुख बरखास्त गरिएको प्रति रोष प्रकट गरेका थिए । वर्तमान सरकारले सहमति र सहकार्यको बाटो बन्द गरेको भन्दै उनीहरुले अधिनायकवादतर्फ उन्मूख वर्तमान सरकारलाई लगाम बेगरको घोडाको संज्ञा दिए ।
कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी , नेपाली कांग्रेस क्षेत्र नं ४(२) सभापति हारुन अन्सारी लगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
हारुन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानेन्द्र कार्की सहित सांसद सीताराम मेहता, प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, पूर्व गृह राज्यमन्त्री हरी सापकोटा, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, सदानन्द मण्डल लगायतकाले मन्तब्य राखेको कांग्रेसका युवा नेता तथा हरिनगर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य दाउद अन्सारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?