विराटनगरमा अन्तराष्ट्रिय कुस्ति प्रतियोगिता

अन्य खेलकुद

विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ ।स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हेर्न आउने हजारौं दर्शकको सहभागिता रहेको थियो ।

लोप हुदै गएको कुस्ती खेललाई संरक्षण एवम संबद्र्धन गर्नको लागी आयोजना गएिको कुस्ती खेल हेर्न भारतदेखी पनि दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो । प्रतियोगितामा भारतको दिल्ली,जयपुर,पञ्जाब,लखनउ,बनारस र बिहारका ४० जनासहित नेपालका विभिन्न जिल्लाका २५ जना पहलमानहरु सहभागी थिए । मौलिक परम्परा अनुसार आयोजना गरिएको कुस्ती खेलका सहभागिलाई हौस्याउन परम्परागतरुपमा ढोल बजाएर उत्साहित पाएिको थियो ।

कुस्तीमा आफ्नो कलाकौशल र शक्ति प्रर्दशन गरेको हेर्न दर्शकहरु खेल मैदानमा खचाखच भए पछि रुख र घरका छतबाट समेत हेर्न बाध्य भएका थिए । नवलपरासीका पहलमान बसन्त थापा र भारतका प्रतिस्पर्धीबीच भएको कुस्ती प्रदर्शनले दर्शक अति रोमांचित भएका थिए । तीन दशक अघिसम्म मोरङ ,सुनसरी,सिरहा, सप्तरी र धनुषा लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रहरुमा उल्लेख्य संख्याका पहलमानहरु थिए । तर पछिल्लो समय मनोरंजनका आधुनिक साधनहरुको बिकास भएपछि कुस्ती प्रतियोगिता हराउदै जान थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।