दशरथ रंगशालाको सामान्य प्याराफिटमा सिट राख्ने काम सुरु

अन्य खेलकुद

आसन्न १३ औ दक्षिण एसियाली खेलकुद साग र विश्वकप फुटबलको छनोट खेलका लागि पुर्ननिर्माणको अन्तिम चरणमा पुगेको दशरथ रंगशालामा सिट राख्ने काम सुरु भएको छ । कार्तिक तेस्रो साताभित्र सिट राख्ने काम सक्ने गरी राष्ट्रिय खेलकुद परिषद राखेपले आजबाट सिट राख्ने काम सुरु गरेको हो । रंगशालामा १५ हजार सिट राख्ने राखेपले जनाएको छ । रंगशालाको सामान्य प्यारापिटमा निलो, पहेलो, रातो र हरियो गरी ४ रंगका सिट राखिने बताईएको छ ।
विश्वकप छनोट अन्तर्गत मंसिर ३ गते घरेलु मैदानमा हुने कुवेतविरुद्धको खेललाई मध्यनजर राख्दै सिट राख्ने कामसंगै अन्य कामलाई पनि तिब्रता दिईएको छ । छनोटमा नेपालले अब कुवेत, चाईनिज ताईपेई, अष्ट्रेलिया र जोर्डनसंघ घरेलु मैदानमा विश्वकप छनोटका खेल खेल्नेछ । त्यस्तै १३ औ दक्षिण एसियाली खेलकुदको उद्घाटन र समापन पनि सोहि रंगशालाबाट हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।