संसारकै लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु, ३ सय १० किलोमिटर दुरी पुरा गरिने

अन्य खेलकुद

संसारकै लामो ट्रेल रेस भनेर दाबी गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’ को पहिलो संस्करण ओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाट हिजो बाट शुरु भएको छ । ३ सय १० किलोमिटर दूरीको ट्रेल रेस समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइबाट शुरु भएर सगरमाथा आधार शिविर हुदै फाप्लु आएर टुड़गीने आयोजक संस्थाले जनाएको छ ।

धावकहरु हिजो बिहान ९ बजे जन्तरधापबाट अघि बढेका छन् । रेसको औपचारिक उद्घाटन सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गर्नुभयो । आयोजक संस्था ‘दी स्मल वल्र्ड’का अध्यक्ष कर्मा शेर्पाका अनुसार सोलुखुम्बुको तल्लो भेगबाट शुरु भएर आधारशिविर पुगी सदरमुकाम आइपुगेर रेस समापन हुनेछ । धावकहरु ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउ‘ जुनबेंशी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्ड हु‘दै दौडने रुट छ ।

प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिडेको ऐतिहासिक पदमार्गलाई पछ्याउ‘दै धावकहरु दौडिने आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो । रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् । रेसमा सहभागी अधिकांश धावकहरु फ्रान्सबाट आएका छन् । त्यसैगरि बेल्जियम, स्वीजरल्यान्ड लयागतका यूरोपेली देशका धावक सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।