Logo

स्टार्कले दोस्रो टी-ट्वान्टी गुमाउ

न्युजडेस्क
२०७६ कात्तिक १२ , मंगलबार ०७:१० मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले श्रीलंकाविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन् ।घरायसी कामको कारण स्टार्कले दोस्रो खेल गुमाउने भएका हुन् । अष्ट्रेलियाले ब्रिसबेनमा बुधबार श्रीलंकाको सामना गर्नेछ ।स्टार्क आफ्नो भाई ब्राण्डनको विवाहमा व्यस्त हुने कारण अष्ट्रेलियाले दोस्रो टी-ट्वान्टीमा उनलाई टिममा राखेको छैन ।एडिलेटमा भएको पहिलो टी-ट्वान्टीमा स्टार्कले ४ ओभरमा १८ रन खर्चिएर २ विकेट लिएका थिए । उक्त खेलमा अष्ट्रेलियाले १३४ रनको जित निकालेको थियो ।तीन खेलको सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?