स्टामले प्रशिक्षक पदबाट राजीनामा दिए

अन्य खेलकुद

एजेन्सी । डच क्लब फेएनुर्डका प्रशिक्षक जाप स्टामले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । लिगमा यस सिजन खराब प्रदर्शन भएपछि स्टामले राजीनामा दिएका हुन् । ४७ वर्षीय पूर्व डच डिफेन्डए स्टामले क्लब सम्हालेको सात महिनामै राजीनामा दिएका हुन् । फेएनुर्डले आइतबार मात्र आयाक्सको हातबाट ४-० को हार व्यहोरेको थियो ।फेएनुर्डले पछिल्लो ११ लिग खेलमा मात्र ३ जित निकालेको छ । फेएनुर्ड लिगको १२ औं स्थानमा रहेको छ ।म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर समेत रहेका स्टामले सन् २०१६ बाट रिडिङको प्रशिक्षक बन्दै प्रशिक्षण करियर थालेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।