क्यानको ताकेतापछि पारसले पठाए राजिनामा

अन्य खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले इमेलबाट पठाएका राजिनामा प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । कप्तान छाडेको घोषणा गरेका खड्काले २ साता पछि आइतबार क्यानलाई औपचारिक पत्र दिएका हुन् । पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए । तर उनले औपचारिक रुपमा राजिनामा भने दिएका थिएनन् । क्यानले राजिनामा औपचारिक रुपमै दिन पारसलाई बिहिवार ताकेता गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।