Logo

प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा जारी

कैलाश
२०७६ कात्तिक ११ , सोमबार ०८:१० मा प्रकाशित

एजेन्सी । लिभरपुलले ईङलिस प्रिमियर लिग फुटबलमा अपराजित यात्रालाई जारी राखेको छ । १० औ खेलमा गएराती टटनह्यामलाई २–१ ले हराउदै लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटिसंगको दुरी ६ ले बढाएको हो । खेलको पहिलो मिनेटमै हेरी केनको गोलबाट टटनह्यामले अग्रता बनाएपनि लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । ५६ औ मिनेटमा कप्तान जोर्डन हेण्डरसनको गोलबाट खेलमा फर्किएको लिभरपुलका लागि ७५ औ मिनेटमा महम्मद सलाहले निर्णायक गोल गरेका थिए । उनले पेनाल्टिको अवसरलाई जाली चुमाएका थिए ।
१० खेलबाट लिभरपुल २८ अंकमा तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ । समान खेलबाट १२ अंक जोडेको टटनह्याम तालिकाको ११ औ स्थानमा छ । गएराती नै म्यान्चेष्टर युनाईटेडले नर्विच सिटिलाई ३–१ ले हरायो । स्कट म्याक टोमिनी, मार्कोस रासफोर्ड र एन्थोनी मार्टिएलले गोल गर्दै म्यान युलाई महत्वपुर्ण अंक दिलाए । १० खेलबाट १३ अंक जोडेको युनाईटेड तालिकाको सातौ स्थानमा उक्लिएको छ ।
गएरातीनै आर्सनल र क्रिष्टल प्यालेसले दुई दुई तथा न्यु क्यासल र वोल्भरहेम्प्टनले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?