Logo

आयरल्याण्ड र पीएनजी टी–२० विश्वकपमा छनोट

कैलाश
२०७६ कात्तिक ११ , सोमबार १२:१० मा प्रकाशित

एजेन्सी । आयरल्याण्ड र पपुवा न्यु गीनी पीएनजी अष्ट्रलियामा अर्को बर्ष हुने टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएका छन् । युएईमा जारी ग्लोबल क्वालिफायर अन्तर्गत समुहचरणका अन्तिम खेलपछि पीएनजी र आयरल्याण्डको विश्वकप यात्रा तय भएको हो । पीएनजी ग्रुप एको शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो भने आयरल्याण्डले ग्रुप बीको विजेताका रुपमा अष्ट्रेलियाको यात्रा तय गरेको हो । समुहचरणको अन्तिम खेलमा पीएनजीले आयरल्याण्डलाई ४५ रनले हराउदै १० अंकमा समुहको शीर्ष स्थान कब्जा गरेको हो । नेदरल्याण्ड्ससंग समान अंक भएपनि रनरेटमा पीएनजी अघि रह्यो ।
ओमानलाई जर्सीले हराएसंगै समुह बीबाट आयरल्याण्डको भाग्य खुलेको हो । आयरल्याण्ड, ओमान र युएईको समान ८ अंक भएपनि रनरेटमा आयरल्याण्ड अघि रहेको हो ।
नामिबिया र ओमान तथा नेदरल्याण्ड्स र युएईले क्वालिफायर खेल्नेछन् । हङकङ र स्कटल्याण्डले प्ले अफमा स्थान बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?