Logo

यता तयारी कमजोर, उता बैठक आह्वान

कैलाश
२०७६ कात्तिक ९ , शनिबार १०:१० मा प्रकाशित

आयोजक नेपालमा पुर्वाधार निर्माण सहित आन्तरिक तयारी कमजोर रहेका बेला १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग आबद्ध विभिन्न अन्तर्राष्ट्रिय कमिटीहरुले संयुक्त बैठक बोलाएका छन् । सागका लागि हालसम्म भएका कामका बारेमा जानकारी लिन र व्यवस्थापनका विषयमा छलफल गर्न आगामी कार्तिक २२ देखि २६ गतेसम्म काठमाडौमा बैठक बस्न लागेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए ।

साउथ एशियन ओलम्पिक काउन्सील र सहभागी देशहरुको सेभ द मिसन बैठकमा सागका लागि भएका कार्य प्रगती बारेमा जानकारी दिईनेछ । बैठकपछि साउथ एशियन ओलम्पिक कमिटी र सेभ द मिसनले साग आयोजना स्थलको छुट्टाछुट्टै स्थलगत अवलोकन गर्नेछन् । प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म पोखरा र काठमाडौमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?