Logo

नेपालको २३ बर्ष मुनीको टोलीले आज म्यानमारसंग मैत्रीपुर्ण खेल खेल्दै

कैलाश
२०७६ कात्तिक ८ , शुक्रबार ०९:१० मा प्रकाशित

आसन्न १३ औ दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको २३ बर्ष मुनीको नेपाली फुटबल टोलीले आज म्यानमारसंग मैत्रीपुर्ण फुटबल खेल्दैछ । कतारको दोहास्थित कतार स्पोर्टस क्लबको मैदानमा नेपाली समयानुसार राती सवा ९ बजे मैत्रीपुर्ण खेल सुरु हुनेछ । आसियान खेलको तयारीमा रहेको म्यानमारले वरियतामा आफुभन्दा केहि तल रहेको नेपालसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
फिफा वरियतामा म्यानमार १ सय ४७ र नेपाल १ सय ६७ औ स्थानमा रहेका छन् । २३ बर्षमुनीको टोलीमा सिनियर टोलीका बिक्रम लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ रहेका छन् । मैत्रीपुर्ण खेलमा नेपाल सुजलको कमानीमा मैदान उत्रने संभावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?