Logo

चर्चित कलाकारहरु मेलिना राई , एपी शेर्पा र छेवाङ्ग लामा आज इटहरी आउदै

न्युजडेस्क
२०७६ कात्तिक ८ , शुक्रबार १२:१० मा प्रकाशित

नेपाल आइस प्रादेशिक संगीत यात्रा -इटहरी प्रदेश न.१ को मुख्य शहर इटहरीको जनता मा बि स्कुलको प्रागनमा आज साँझ ५ बजे देखि आयोजना हुने आयोजक सिल्भर इन्टरटेनमेन्टले बताएको छ । तिहारको पुर्व सन्ध्यामा आयोजना हुन लागेको कार्यक्रममा चर्चित कलाकारहरु मेलिना राई , एपी शेर्पा र छेवाङ्ग लामा ,लगायतका कलाकारहरु संगै प्रदेश न.१ स्तरिय स्टेट वान सिङगिंग आइडल का टप १३ फाइनालिस्टले समेत नेपाल आईस प्रादेशिक संगीत यात्रामा आफ्नो प्रस्तुति प्रस्तुत आज गर्दै छन ।सात वटै प्रदेशको मुख्य सहरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी अनुरुप प्रदेश न । १ को मुख्य सहर इटहरीमा नेपाल आइस प्रादेशिक संगीत यात्रा – इटहरी आयोजना हुन् लागेको हो । वाइवाइ चाउचाउको सहभागीतामा तथा नेपाल आइस बियरको मुख्य प्रयोजनमा सिल्भर इन्टरटेनमेन्टले कार्यक्रम आयोजन गर्ने भएको हो । टिकट दर रु.२०० राखिएको संगीत यात्राको टिकट एउटा नेपालआइसको खरिदमा तथा रु.२००बराबरको सात्विक कुकिजको खरिदमा सित्तैमा दीईने व्यस्था गरिएको छ। प्रदेश न.१ पछि प्रदेश न.२ को मुख्य सहरजनकपुरमा आगामी छैठ पर्वको अवसरमा नेपालआईस प्रादेशिक संगीत यात्रा आयोजना हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?