Logo

विकास रनिङ शिल्ड फुटबलको दोस्रो सेमिफाइनलमा संकटा र पुलिस भिड्दै

कैलाश
२०७६ कात्तिक ७ , बिहीबार ०९:१० मा प्रकाशित

चितवनमा जारी जेसिज विकास रनिङ शिल्ड फुटबल प्रतियोगीताको दोस्रो सेमिफाइनलमा आज विभागीय टोली नेपाल पुलिस र संकटा क्लबबिच प्रतिस्पर्धा हुदैछ । नारायणगढस्थित क्याम्पाचौरमा अपरान्ह ३ बजेपछि फाइनल प्रबेशका लागि यी २ टोली मैदान उत्रनेछन् । क्वार्टरफाइनलमा संकटाले जावलाखेल युथ क्लबलाई तथा पुलिसले सरस्वती क्लबलाई हराउदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
आजको विजेताले उपाधिका लागि शनिबार घरेलु टोली चितवन ११ को सामना गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई हराउदै घरेलु टोली चितवन ११ ले प्रतियोगिताको उपाधि यात्रा तय गरेको हो । विजेताले ६ लाख ६ हजार पाउने प्रतियोगिताको उपविजेताले ३ लाख ३ हजार रुपैया हात पार्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?