Logo

पूर्वको ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल’ को तयारी सुरु :आवेदन एसएमएसबाट

न्युजडेस्क
२०७६ कात्तिक ७ , बिहीबार ०४:१० मा प्रकाशित

पूर्वको ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल’ को तयारी सुरु भएको छ । हरेक वर्ष प्रतियोगितामा कम्तीमा १२ कक्षा पढ्दै गरेका पूर्वी नेपालका युवतीलाई सहभागी गराइन्छ। प्रतियोगिताको आवेदन फारम खुल्ला भएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जानकारी दिएको छ । आवेदन अनलाइनसँगै एसएमएसबाट समेत दिन सकिनेछ । मिस पूर्वाञ्चलको अफिसियल फेसबुक पेजमा रहेको अनलाइन फर्म भरेर अथवा मोबाइलको म्यासेज बक्समा गएर सहभागीको नाम, उचाइ, उमेर र ठेगाना टाइप गरी एसएमएस पठाएर पनि आवेदन भर्न सकिनेछ। अनलाइन र एसएमएसबाट आएका आवेदनका आधारमा तिहारपछि अडिसन सुरु गरिने आयोजकले बताएको छ। त्यस्तै, पूर्वभरि कुनै पनि सौन्दर्य प्रतियोगिताको विजेता र उपविजेतालाई बिनाअडिसन सहभागी गराइनेछ। तिहारलगत्तै अडिसन मिति र कार्यक्रमको फाइनल मितिसमेत सार्वजनिक गरिनेछ। अडिसनपछि छानिएका प्रतियोगीलाई एक महिना व्यक्तित्व विकास, फेसन, र्‍याम्प वाक, सौन्दर्य, पर्यटन, इतिहासलगायत विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञबाट प्रशिक्षण दिइनेछ। प्रतियोगिताको यो दशौँ संस्करण हो।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?