Logo

एएफसी फुटसल च्याम्पियनसिप छनोट : नेपालले आज ताजिकिस्तानसंग खेल्दै

कैलाश
२०७६ कात्तिक ६ , बुधबार ०८:१० मा प्रकाशित

सन् २०२० मा तुर्कमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपालले आज ताजिकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह ए मा रहेको नेपालले बलियो टोली ताजिकिस्तानसंग खेल्दै छनोटको सुरुवात गर्न लागेको हो । नेपाल र ताजिकिस्तानबिचको खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउ“सो सवा ३ बजे सुरु हुनेछ । टोलीका प्रशिक्षक बिष्णु गुरुङले बलियो टोली ताजिकिस्तानबिरुद्ध जितकै लक्ष्यमा नेपाली टोली मैदान उत्रने बताए । उनले भने–टोलीमा युवा तथा लामो समयको अनुभब बटुलेका खेलाडीले छन । जसले गर्दा टोलीको बोन्डीङ राम्रो बनेको छ । हामी पनि बलिया छौ र विपक्षिलाई रोक्न सक्ने क्षमता राख्छौ ।
प्रशिक्षक गुरुङले खेलाडीलाई डिफेन्सीभसंगै काउन्टर अट्याकिङ पोजिसनमा मैदान उतार्ने बताए । ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले एक महिना देखीको प्रशिक्षणले टिम राम्रो बनेको बताएउदै दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यका साथ पहिलो खेलबाटै नतिजा निकाल्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?