Logo

नेपाल क्रिकेट संघ क्यानको निलम्बन सशर्त फुकुवा

कैलाश
२०७६ असोज २७ , सोमबार ०९:१० मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले नेपाल क्रिकेट संघ क्यान माथी लगाएको निलम्बन फुकुवा गरेको छ । आईसीसी मुख्यालय दुबईमा हिजो र आज बसेको बोर्ड बैठकले नेपाल क्रिकेट संघ क्यानको निलम्बन सशर्त फुकुवा गरेको हो । नेपाली क्रिकेटमा आर्थिक अनियमितता भएको तथा राजनितिक हस्तक्षेप भएको भन्दै आईसीसीले सन् २०१६ मा क्यान निलम्बन गरेको थियो ।


यसबिचमा बिभिन्न चरणमा आईसीसीकै रेखदेखमा प्रक्रियागत मिलानसंगै जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भएको थियो । केन्द्रको निर्वाचनसंगै क्यानले नयाँ नेतृत्व पाएसंगै आईसीसीले नेपालको निलम्बन फुकुवाको निर्णय गरेको हो । क्यान निलम्बनमा परेपछि आईसीसीले स्वतन्त्र कमिटिले तयार पारेको बिधानमा रहेर सम्पुर्ण प्रक्रिया अघि बढाएको थियो ।
त्यस्तै जिम्बावे क्रिकेटमाथीको निलम्बन पनि तत्कालका लागि फुकुवा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवासंगै विगत ३ बर्षबाट सक्रमणबाट गुज्रीरहेको नेपाली क्रिकेटले ठुलो राहात पाउएको छ ।

https://www.icc-cricket.com/media-releases/1452302

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?