जसले आफ्नो जन्मदिन माया घरमा मनाइन

समाज

जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछ तर तरिका फरक । बढदो आधुनिकता संगै युवा पुस्तामा जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको छ । तर धरानका सामाजिक अभियन्ता निश्चल पलिखेकि छोरीले आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी छिन ।धरानस्थित सामाजिक अभियन्ता तथा कुशल व्यबसायी निश्चल पलिखेकि छिरी साहिक्क्ष्य पलिखेले असोज २७ गते आफ्नो जन्मदिनको सन्दर्भमा इटहरीस्थित माया घरमा रहेको बृद्धा तथा बालबालिका सग फलफुल तथा जुस वितरण गरेर जन्मदिन मनाएकी छिन ।फलफुल, मिठाई तथा जुस ,बुधुतीय उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै पलिखेले उत्सब र रमाइलोको नाममा फजुल खर्च गर्न छोडी थोरै भए पनि सामाजिक भावना जगाई अभाव रहेको ठाँउहरुमा सहयोग गर्न सके राम्रो हुने बताइन । आत्मसन्तुष्टिका लागि आफुले जन्मदिन मनाउदा हुने खर्च माया घरका लागि खर्च गरेको उनको भनाई छ ।माया घरमा ५० जनालाइ फलफुल तथा जुस खुवाउदा बृद्धबृद्धाहरु तथा बालबालिकाहरु निकै खुशी देखिन्थे । पलिखेका अनुसार आगमी दिनमा पनि यस्ता सेवाका काम गदै जाने बाताइन । पलिखे आफ्नो परिवारका सदस्य लिएर माया घर पुगेकी थिन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।