डीपीएल क्रिकेटको चौथो संस्करण आगामी फागुन ३ देखि १५ गतेसम्म

क्रिकेट खेलकुद

धनगढी प्रिमियर लिग ( डीपीएल) क्रिकेटको चौथो संस्करण आगामी फागुन ३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ शहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । गत वर्षको संस्करण सिवाइसी अत्तरियाले जितेको थियो । अत्तरियाले ३० लाख रकम हात पारेको थियो । सिटी बेस फ्रेन्चाइज क्रिकेटको अवधारणाको साथ पहिलो संस्करणबाट देशमा आफ्नो छुट्टै पहिचान बनाएको डीपीएल यो पटक झनै भव्य बनाउने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।