Logo

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, लिभरपुल र चेल्सीको जित

कैलाश
२०७६ असोज १६ , बिहीबार ०८:१० मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलका पछिल्ला खेलमा बार्सिलोना, लिभरपुल, चेल्सी र आयाक्स विजयी भएका छन् । समुह एफको खेलमा बार्साले ईन्टर मिलानलाई २–१ ले हरायो । पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्टाउदै बार्साले पुनरागमन जित हात पारेको हो । खेलको दोस्रो मिनेटमै लाउतारो मार्टिनेजको गोलबाट ईन्टर मिलानले अग्रता बनाएको थियो । दोस्रँे हाफमा लुईस स्वरेज चम्कदै २ गोल गरेपछि बार्साले महत्वपुर्ण अंक हात पारेको हो । उनले ५८ र ८४ औ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । पहिलो खेल बराबरी खेलेको बार्सा यो जितसंगै ४ अंकमा दोस्रो स्थानमा उक्लिएको छ । सोहि समुहको खेलमा बोरुसिया डर्टमण्डले स्लाभिया प्रागलाई २–० ले स्तब्ध पार्यो ।
समुह ई अन्तर्गतको खेलमा लिभरपुलले एफसी रेडबुल साल्जवर्गलाई ४–३ को अन्तरले हराउदा, नापोली जेन्कसंग गोलरहित बराबरीम रोकियो । महम्मद सालेहले २ तथा सादियो माने र एण्ड्रयु रोबर्टसनले एक एक गोल गर्दै टोलीलाई जित दिलाए ।
गएराती नै लियोनले आरबी लिपजिङलाई २–० ले हराउदा, जेनिट सेन्ट पिटर्सवर्गले वेन्फिकालाई ३–१ ले स्तब्ध पार्यो ।
समुह एचको खेलमा चेल्सीले लिलिलाई २–१ ले हराउदा भ्यालेन्सीया आयाक्ससंग ३–० ले स्तब्ध भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?