Logo

युनिटीपछि भारतीय ओरियन्स नामक कम्पनीको ठगी धन्दा, युवायुवतीलाई प्रयोग

न्युजडेस्क
२०७६ असोज १४ , मंगलबार ०८:१० मा प्रकाशित

भारतीय ओरियन्स कम्पनीले नेपालीहरुलाई ठग्दै आएको खुलेको छ । युनिटी कम्पनी जस्तै शैलीमा ओरियन्सले ठगी गरिरहेको पाइएको हो । नागरिकमा खबर छ । 

भारतको लखिनपुरमा कार्यालय खोलिएको कम्पनीले लामो समयदेखि ५० किसिमका अबैध औषधि विक्री वितरण गरिरहेको खुलेको छ । नेटवर्किङमार्फत व्यवसाय चलाएको पाइएको हो । 

यसअघि युनिटी इन्टरनेशनलले अस्पताल र स्वास्थ्य बीमा पोलिसी बेच्ने नेटवर्किङ व्यवसाय चलाएजस्तै ओरियन्सले पनि औषधि विक्रीवितरण गरिरहेको पाइएको छ । यो व्यवसायमा गरिब बस्तीका युवायुवतीलाई प्रयोग गरेको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?