Logo

चीनको निगरानीका नाममा नेपाली भूमिका भारतीय सेनाको गस्ती, कुकुर पनि परिचालन

न्युजडेस्क
२०७६ असोज १४ , मंगलबार ०७:१० मा प्रकाशित

चीनको गतिविधिको निगरानी गर्ने भन्दै भारतीय सेना ननेपाली भूमिमा पसेको छ । भारतीय सेनाको एक टोली दार्चुलाको उत्तरी सीमा क्षेत्रमा हातहतियारसहित गस्ती गरिरहेको छ । अन्नपूर्णमा खबर छ । 
जिल्लाको व्यास गाउँपालिकाको टिंकर क्षेत्रमा भारतीय सेनाले गस्ती गरिरहेको छ । सेनाको टोली कुकुरसहित परिचान गरिएको छ । टाटागाउँमा भारतीय सेनाले गस्ती गरिरहेको स्थानीयले बताएका छन् । दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउँदले भारतीय सेनाको एक टोली नेपालको भूमिमा आएर गस्ती गरिरहेको बताए । ‘हामी घोडा चढेर तिब्बत जाँदै थियौं,’ उनले भने, ‘कुकुरसहित भारतीय सेना गस्ती गरिरहेको थियो ।’ उनले आफुहरुले फोटोसमेत खिचेर कुरा गर्नसमेत खोजेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?