Logo

घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

न्युजडेस्क
२०७६ असोज १४ , मंगलबार ०८:१० मा प्रकाशित

रुपन्देहीमा एक जना प्रहरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

बीमा रकमको लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले जिसीलाई घुससहित पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?