Logo

रात्रीकालिन क्रीकेट प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा जनकपुर बिजयी

न्युजडेस्क
२०७६ असोज ९ , बिहीबार ०८:०९ मा प्रकाशित

इनरुवामा जारी दोस्रो रात्रीकालिन मेयर कप टि-२० क्रीकेट प्रतियोगिता अन्तर्गत पाचौ दिनको खेलमा जनकपुरद्वारा BPKIHS धरान ६ विकेटले पराजित भएको छ । टस हारेर पहिलो ब्याटिङ गर्दै धरानले निर्धारित ११ ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमाइ ७७ रन जोडन सफल भएको थियो । सुभाष चन्द्र ३७ रन तथा प्रदीप राउत १३ रन बाहेक अन्य कुनैपनि ब्याटसम्यानले दोहोरो अन्कमा रन जोडन सकेनन ।जनकपुरका तर्फबाट राहुल प्रताप सिंह ४ विकेट तथा शमसाद शेखले ३ विकेट लिएका थिए ।७८ रनको बिजय लक्ष्य लिइ मैदान ओर्लेको जनकपुर १०।२ ओभरमा आफ्ना ४ विकेट गुमाइ बिजय लक्ष्य पूरागरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?