Logo

प्रदेश नं. १ स्तरीय नकआउट फुटसल प्रतियोगिताको खेल तालिका सार्बजनिक

कैलाश
२०७६ असोज ९ , बिहीबार ०८:०९ मा प्रकाशित

मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीले प्रदेश १ कै सर्वाधिक राशी रहेको प्रदेश नं. १ स्तरीय नकआउट फुटसल प्रतियोगिताको खेल तालिका सार्बजनिक गरेको छ ।आज पत्रकार सम्मेलन गरि खेल तालिका सार्बजनिक गरेको थियो ।प्रदेश १ का १४ वटा जिल्लाका २४ वटा टिम सहभागी रहेका छन । खेल भोलि बाट सुरु हुने मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीका अधक्क्ष्य होमनाथ धमलाले बताए । उद्घाटन भने खेलकुद मन्त्रि जिबन घिमिरेले गर्ने आयोजकले बताएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका सदस्य तथा प्रेस संयोजक प्रकाश तिम्सिनाका अनुसार खेलको बिजेता टिमले नगद १ लाख १ हजार सहित ट्रफि पाउँनेछ भने उपविजेता टिमले नगद ५१ ह्जारमा चित्त बुझाउँनेछ ।अनुमानित ५ लाखको लागतमा सम्पन्न हुन लागेको प्रतियोगिता असोज १० र ११ गते इटहरी ५ मा रहेको पाथिभरा फुटसल प्रा. लि मा खेल हुनेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलको समापन गर्ने प्रतियोगिता भव्य बनाउँन आफूँहरु जुटेको पत्रकार सम्मेलनमा बताईयो । प्रत्येक जिल्लामा १ सय बढी खेलाडी उत्पादन गर्नका लागि अहिले प्रशिक्षण दिईँदै आएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?