इटहरीको पाथीभरा नेपालकै पहिलो एजेन्सीका रुपमा दुवईमा सम्मानित

इटहरी खबर

इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रा.लि ले इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०१९ प्राप्त गरेको छ । उक्त अवार्ड प्राप्त गर्ने एजेन्सी नेपालकै पहिलो विज्ञापन एजेन्सी समेत रहेको छ । विज्ञापन सङ्घ प्रदेश नम्बर १ संयोजक समेत रहेका पाथीभराका सञ्चालक पवन अधिकारीले दुबईमा आयोजित एक कार्यक्रमका बीचमा नेपालकै पहिलो एजेन्सीको रूपमा सो अवार्ड प्राप्त गरेका हुन् ।

संविधान दिवसको अवसर पारेर उनलाई दुबईमा एक भव्य कार्यक्रमको आयोजना गरी नेपाल सरकारका कृषि मन्त्री चक्रपाणि खनालले सम्मान गरेका थिए । 
सिजन मिडिया र पत्रकार महासङ्घ दुबर्इ शाखाद्वारा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा अधिकारीसँगै पत्रकारहरू ओम शर्मा, खिला भण्डारी, कृष्ण आचार्य र सुरेश अधिकारीले पनि सो अवार्ड प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।