आर्मीलाई हराउदै पुलिस च्याम्पियन

खेलकुद भलिबल

पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले उचालेको छ । विभागीय डर्बीको फाइनलमा आर्मीलाई सोझो सेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

नयाँ बसपार्कमा आज भएको फाइनलमा २५–२२, २५–२२ र २५–२२ को जित निकाल्दै पुलिसले पहिलो संस्करणको उपाधि हात पारेको हो । सोमबार बर्षाका कारण स्थगीत फाइनल खेल आज खेलाईएको हो । उपाधिसंगै पुलिसले ५ लाख रुपैया हात पार्यो ।

उपविजेता आर्मीले ३ लाख रुपैयामा चित्त बुझायो । ८ टोली सहभागी प्रतियोगितामा एपीएफलाई हराउदै गण्डकी प्रदेश तेस्रो भएको थियो । उसले १ लाख रुपैया हात पार्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।