Logo

साफ अण्डर १८ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दै

कैलाश
२०७६ असोज ३ , शुक्रबार १०:०९ मा प्रकाशित

तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपाल पहिलो खेलबाटै त्यसलाई प्रमाणीत गर्न चाहान्छ ।
काठमाण्डौको हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्सबिचको खेल सुरु हुनेछ । टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले पहिलो खेलबाटै नेपालले सुखद सुरुवात गर्ने बताए । नेपाली टोलीका कप्तान जय गुरुङले घरेलु समर्थकको साथ र पर्याप्त तयारी भएकाले पहिलो खेलबाटै आफु अनुकुलको नतिजा हात पार्ने बताए । प्रतियोगितामा समूह ’ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आईतबार भुटानसंग खेल्नेछ ।
समूह ’बी’ बाट भारत, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने भएकाले एक जितले मात्र पनि टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । यसअघि नेपालले काठमाडौंमा भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि हात पारेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?