एएफसी यु १६ छनोटको तेस्रो खेलमा नेपालले आज ताजाकिस्तानसंग खेल्दै

खेलकुद फूटबल

जोर्डनमा जारी एएफसी अण्डर १६ च्याम्पियनसीप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज बलियो टोली ताजाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । जार्कास्थित प्रिन्स महम्मद स्टेडियममा नेपाली समयानुसार राती पौने ११ बजे प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेलमा जोर्डनसंग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा कुवेतसंग १–१ को बराबरी खेलेको थियो । सुरुवाती दुबै खेलमा शानदार जित निकालेको ताजाकिस्तान आफ्नो जितको श्रृखला जारी राख्दै छनोट नजिक पुग्ने योजनामा रहेको छ ।
ताजाकिस्तानबिरुद्ध नेपाल रक्षात्मक खेल खेल्दै कम्तीमा बराबरीमा रोक्ने लक्ष्यमा रहेको छ । समुहचरणको अन्तिम खेलमा नेपालले आईतबार श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ । आजै कुवेत र जोर्डन पनि आमने सामने हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।