Logo

च्याम्पियन्स लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन लिभरपुलको हार, बार्सा बराबरीमा रोकियो

कैलाश
२०७६ असोज १ , बुधबार ०८:०९ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन लिभरपुल पहिलो खेलमै पराजित भएको छ । गएराती सुरु लिग अन्तर्गत आफ्नो पहिलो खेलमा ईङलिस क्लब नापोलीसंग २–० ले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नापोलीले दुबै गोल दोस्रो हाफमा गर्दै शानदार सुरुवात गरेको हो । ४८ प्रतिशत बल पोजिशनको खेलमा ८२ औ मिनेटमा ड्राईज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ईन्ज्युरी समयमा फर्नाण्डो लोरेन्टले गोल गर्दै टोलीको जित निश्चित पारेका थिए । आरबी साल्जबर्गले जेन्कमाथी ६–२ को फराकिलो जित हात पार्यो । ब्रुट हालेण्डको ह्याट्रिक मद्दतमा साल्जवर्गले शानदार जित हात पारेको हो । गएराती नै आयाक्सले लिलिलाई ३–० ले हराउदा, अर्को ईङलिस क्लब चेल्सी, भ्यालेन्सीयासंग १–० ले स्तब्ध भयो । आरबी लिपजिङले वेन्फिकालाई २–१ ले हराउदै सिजनको सुखद सुरुवात गरेको छ ।
गएरातीका अन्य ३ खेल भने बराबरीमा सकिएका छन् । बार्सिलोना बोरुसिया डर्टमण्डसंग गोलरहित बराबरीमा रोकिदा, लियोन र जेनिट सेन्ट पिटर्सबर्ग तथा ईन्टर मिलान र स्लाभिया प्रागले समान एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।
खेलमा ५९ प्रतिशत नियन्त्रण जमाएपनि बार्साले गोल गर्ने अवसरको भने निमार्ण गर्न सकेन् । च्याम्पियन्स लिग फुटबलमा आज राती विभिन्न ८ खेल हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?