Logo

भारतको आन्ध्र प्रदेशमा ढुंगा डुब्दा ११ जनाको मृत्यु

न्युजडेस्क
२०७६ भदौ ३० , सोमबार ०९:०९ मा प्रकाशित

एजेन्सी/भारतको आन्ध्र प्रदेशको गोदावरी जिल्लामा भएको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लाको देवीपट्टनम कच्चलुरु गाउँमा डुंगा दुर्घटना भएको हो ।६१ जना सवार रहेको डुंगामा अधिकांश पर्यटक रहेको राज्यको प्रकोप व्यवस्थापन विभागले जनाएको छ । मानिसहरु गोदावरी नजिकैको पापीकोंडालु पहाडमा घुम्ने जाँदै थिए ।डुंगामा २० जनाले लाइफ ज्याकेट लगाएका थिए । उनीहरु स्थानीयको सहयोगमा किनारसम्म आएर बाँच्न सफल भए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?