म्यानमारमा खुलेकी स्वस्तिमा

मनोरंजन

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्न लागेको नयाँ फिल्म चपली हाइट ३ को छायांकन तिहारपछि मात्र सुरु हुनेछ । यसैले, अहिले स्वस्तिमा कुनै पनि फिल्मका लागि तयार भएकी छैनन् । अहिले उनी म्यानमार पुगेकी छिन् । 

म्यानमारमा काम र होलिडे मनाउन आफू आएको उनले सामाजिक संजालबाट जानकारी दिएकी छिन् । स्विमिङ पूलमा बोल्ड देखिएकी स्वस्तिमा खुलेकी छिन् । आफू के कामका लागि म्यानमार पुगेकी हुन् भन्ने बिषयमा उनले खुलाएकी छैनन् ।

हजार जुनी सम्म फिल्म असफल भएपछि उनको आलोचना त भएको छ । तर, उनलाई फिल्मको अफरमा कुनै कमी भने भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।