Logo

अष्ट्रेलियाबिरुद्धको पाँचौ टेष्ट क्रिकेटमा ईङल्याण्ड विजयी

कैलाश
२०७६ भदौ ३० , सोमबार ०९:०९ मा प्रकाशित

एजेन्सी । वल्र्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत अष्ट्रेलियाबिरुद्धको पाँचौ तथा अन्तिम टेष्ट क्रिकेटमा ईङल्याण्ड विजयी भएको छ । गएराती भ्रमणकारी टोलीलाई १ सय ३५ रनले हराउदै ईङल्याण्डले ५ म्याचको सिरिज बराबरी गरेको हो । यी दुई राष्ट्रबिचको दोस्रो टेष्ट बराबरीमा सकिएको थियो । ३ सय ९९ रनको लक्ष्यसहित दोस्रो ईनिङस थालेको कंगारु टोली चौथो दिन नै २ सय ६३ रनमा समेटिएपछि ईङल्याण्ड, फराकिलो जित निकाल्न सफल बन्यो ।
म्याथु वादेले १ सय १७ रन बनाएपनि अन्य ब्याट्सम्यानले ठुलो ईनिङस खेल्न नसक्दा कंगारु टोली हार भोग्न बाध्य भयो । ईङल्याण्डका स्टुआर्ड बोर्ड र ज्याक लिएचले समान ४ तथा जोए रुटले २ विकेट लिए ।
पहिलो ईनिङसमा २ सय ९४ रन बनाएको ईङल्याण्डले दोस्रो ईनिङसमा ३ सय २९ रन बनाउदै भ्रमणकारी टोलीलाई उच्च लक्ष्य दिएको थियो ।
अष्ट्रेलियाले पहिलो ईनिङमा २ सय २५ रन मात्र बनाएको थियो । खेलमा ईङल्याण्डका जोफ्रा आर्चर प्लेयर अफ दि म्याच घोषित भए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?