ताजाकिस्तानलाई हराउदै नेपाल फाइनलमा, उपाधिका लागि उज्वेकिस्तानसंग खेल्ने

खेलकुद फूटबल

नेपाल किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको फाइनलमा प्रबेश गरेको छ । समुहचरणको तेस्रो खेलमा आज ताजाकिस्तानलाई १–० ले हराउदै नेपालले उज्वेकिस्तानसंगको उपाधि भेट पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपाललाई जिताउन साबित्रा भण्डारीले ८५ औ मिनेटमा निर्णायक गोल गरिन् । काराकोलस्थित सेन्ट्रल स्टेडियममा अधिकांश समय ताजाकिस्तानविरुद्ध दबाव बनाएको नेपालले गोल गर्ने दर्जन अवसर भने खेर फालेको थियो ।
खेलको उत्तारार्धमा गिता रानाको फ्रिकिकमा सावित्राले हेडमार्फत गोल गरेकी हुन् । ३ खेलबाट ६ अंकसंगै नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले फाइनलमा पर्सी उज्वेकिस्तानसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।