Logo

आज मौसम :धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

न्युजडेस्क
२०७६ भदौ २४ , मंगलबार ०५:०९ मा प्रकाशित

आज देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा हुने प्रणाली) औसत स्थानमा नै भए पनि मध्य र पूर्वका केही ठाउँमा जलवाष्पयुक्त वायुको प्रभाव देखिएका कारण मौसमी गतिविधि बढ्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।देशका केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । यस्तै, राति पनि देशभरकै मौसम सामान्यदेखि पूर्ण बद्ली हुने धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।मध्य र पूर्वका केही ठाउँमा भने राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?