कुवेतसंगको खेल खेलेर नेपाली टोली स्वदेश फर्कियो

खेलकुद फूटबल

विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको पहिलो खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । कुवेतसंग उसैको मैदानमा खेलेर नेपाली टोली केहिबेरअघि काठमाण्डौ उत्रिएको हो । खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार टोली चाईनिज ताईपेईबिरुद्धको खेलका लागी आजै त्यसतर्फ प्रस्थान गर्नेछ । ताईपेईबिरुद्ध उसैको घरेलु मैदानमा मंगलबार हुने प्रतिस्पर्धाका लागि नेपाली टोली राती १० बजेर ४० मिनेटमा ड्रयागन एयरमार्फत ताईपेई उड्ने छ ।
छनोटमा समुह बी मा रहेको नेपालले कुवेत, चाईनिज ताईपेईसंगै जोर्डन र अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।