Logo

इनरुवामा दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता असोज ४ बाट सुरु

न्युजडेस्क
२०७६ भदौ १९ , बिहीबार ०३:०९ मा प्रकाशित

इनरुवामा असोज ४ गते देखि दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।फुलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता असोज ४ गतेबाट सञ्चालन हुने भएको हो ।

पत्रकार सम्मेलन गरी अघिल्लो वर्ष आयोजना गरिएको रात्रिकालीन प्रतियोगिताले खेलकुद नगरीका रुपमा इनरुवालाई चिनाउन सफल भएको तर्फ मध्यनजर गर्दै दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराइयो। अघिल्लो संस्कर भन्दा आधुनिक वनाउदै स्टाम्प छुने वित्तीकै बल्ने जस्तो आधुनिक शैलीमा परिमार्जीत गरी प्रतियोगिता सञ्चालन गरिने आयोजक फुलवारी क्रिकेट क्लवका अध्यक्ष शिवकुमार यादवले जानकारी दिए ।

अशोज १८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा तीन बिभागीय सहित १६ वटा टिमले सहभागिता रहने छन ।

प्रतियोगिताको बिजेताले ट्रफी सहित दुई लाख १ हजार पुरस्कार पाउने छ भने उपविजेता टोलीले १ लाख १ हजार पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?