Logo

भारत बाट नेपाल आउदै गरेको ‘खुङ्खार अपराधी’माथि प्रहरीले चलायो गोली

न्युजडेस्क
२०७६ भदौ १८ , बुधबार ०१:०९ मा प्रकाशित

भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने फुल हसन अन्सारी समूहका ‘खुङ्खार अपराधी’ सत्यराज योगी भनिने सन्तोष दासलाई नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।पैदल आउँदै गरेका दासले प्रहरीलाई हतियार देखाएर फरार हुन खोज्दा वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रण लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपीले जानकारी दिए ।

एसपीका अनुसार दासलाई नियन्त्रणमा लिन एक राउण्ड गोली खर्च भएको छ । दासको दाहिने घुँडामा गोली लागेको छ । गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?