Logo

के फेसबुकले लाइक सङ्ख्या लुकाउँदै छ ?

न्युजडेस्क
२०७६ भदौ १८ , बुधबार १०:०९ मा प्रकाशित

एक जना इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुन सक्ने बताइएको छ । सक्रिय नभएको सो कोड जेन मान्चुन वङले पत्ता लगाएकी हुन् ।

फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने परीक्षण गरिरहेको छ । फेसबुकले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । केही अध्ययनहरूले विशेषत: युवाहरूमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्य समस्याहरू ल्याउन सक्ने बताएका छन् ।

के छ कोडमा ?
वङले ब्लग लेख्दै सो कोडको व्याख्या गरेकी छन् र आफू फेसबुकका लागि काम नगर्ने बताएकी छन् । “यस्तो प्रकारको परीक्षण गर्नुअघि गरिने अध्ययन र कोड निर्माणमा लामो समय लाग्छ,” उनले लेखेकी छन् ।

“यस्ता कुरा आउँछ र हराउन सक्छ। तर मलाई विश्वास छ लाइक सङ्ख्या लुकाउने कार्यले प्रयोगकर्ताहरूको ठूलो सङ्ख्याको डिजिटल मानसिक स्वास्थ्य उपयोगी हुनेछ ।”

लगानीकर्ता इलेन पाओले ट्वीट गर्दै यो परिवर्तन हुनुपर्ने बताएकी छन् । “सामाजिक सञ्जालहरूले सन् २०१४ देखि आफ्नो असर मानसिक स्वास्थ्यमा पर्ने थाहा पाएका छन् र अब फेसबुकले लाइक सङ्ख्या लुकाउने काम सुरु गर्न खोजेको छ,” उनले लेखेकी छन् । इन्स्टाग्रामले आफ्नो परीक्षणको परिणाम सार्वजनिक गर्ने बेला नभएको बताएको छ । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?