Logo

थप एक चिनियाँ ह्याकर पक्राउ

न्युजडेस्क
२०७६ भदौ १६ , सोमबार ०२:०९ मा प्रकाशित

चिनबाट नेपालमा आएर चिनिया नागरिकले एटिएम ह्याक गरी पैसा लुटेको छन् ।एटिएमबाट पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न सञ्चार माध्यममा दिएको सुचना अनुसार आइतबार राती त्रिभुवन विमानस्थलबाट सु लुसलीलाई पक्राउ गरेको पुष्टि गरे ।सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न सञ्चार माध्यमलाइ जानकारी दिए ।यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।शनिबार काठमाडौं प्रहरीले दरबारमार्गबाट राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?