Logo

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

न्युजडेस्क
२०७६ भदौ १५ , आईतबार ०४:०९ मा प्रकाशित

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नं. ३ का ३२ बर्षीय अनमोल मुखियाको हात्तीको आक्रमणबाट मृत्यु भएको स्थानीय पत्रकार मिकाइल आलमले जानकारी दिए । उनका अनुसार स्थानीय खहरे खोलामा माछा मार्ने क्रममा हात्तीले आक्रमण गरेको थियो ।  घटनास्थलमै मृत्यु भएका मुखियाको शब अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?