Logo

जित्नै पर्ने खेलमा बंगलादेशबिरुद्ध नेपालको शानदार जित

कैलाश
२०७६ भदौ ११ , बुधबार ०७:०८ मा प्रकाशित

साफ अण्डर १५ पुरुष फुटबल च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले बंगलादेशबिरुद्ध सहज जित हात पारेको छ । भारतको कल्याणीमा हिजो भएको खेलमा बलियो टोली बंगलादेशलाई ४–१ गेल अन्तरले हराउदै नेपालले फाइनल प्रबेशको संभावना बलियो बनाएको हो । फाइनल पुग्न जित्नै पर्ने बाध्यता रहेको खेलमा नेपालले प्रभावशाली जित हात पारेको हो ।
खेलमा पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्दै १ गोल खाएको थियो । नेपाललाई जित दिलाउन क्रिशन यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल थपे । बंगलादेशका अब्दुल मियाँले सान्त्वना गोल फर्काएका थिए । पहिलो हाफको अन्तिम समयमा यादवको गोलबाट अग्रता बनाएको नेपालका लागि ५२ औ मिनेटमा जीमीले अग्रता दोब्बर पारेका थिए । ७९ औ मिनेटमा बंगलादेशले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि ८४ औ मिनेटमा लम्सालले गोल गरेपछि नेपाल ३–१ को अवस्थामा पुगेको थियो । ८८ औ मिनेटमा यादवले दोस्रो गोल गरेपछि नेपालको जित निश्चित बन्यो ।
जितसंगै नेपालले ३ खेलबाट ६ अंक भएको छ । भारत र बंगलादेशको पनि समान अंक छ । अन्तिम खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्नेछ । भारत र बंगलादेश पनि अन्तिम खेलमा आमने सामने हुनेछन् । अन्तिम चरणको खेलले मात्र फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?