ला–लिगा फुटबलमा सेल्टाले भ्यालेन्सीयालाई हरायो, ३ खेल बराबरीमा सकिए

खेलकुद फूटबल

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेला सेल्टा डि भिगो विजयी भएको छ । भ्यालेन्सीयालाई १–० ले हराउदै सेल्टाले दोस्रो खेलमा पहिलो जित हात पारेको हो । खेलको १५ औ मिनेटमा ग्राबियल फर्नाण्डेजले गोल सेल्टालाई ३ अंक दिलाउन पर्याप्त बन्यो । भ्यालेन्सीयाको जारी सिजनमा यो पहिलो हार हो । गएराती नै भएका अन्य ३ खेल भने बराबरीमा सकिएका छन् ।

रियल मड्रिड र रियड भल्लाडोलिडले एक एकको बराबरी खेल्दा एथ्लेटिको बिल्वाओ र गेटाफेले पनि एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा ८२ औ मिनेटमा करिम बेन्जीमाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए । ८८ औ मिनेटमा ग्वार्डीओला नाभारोले गोल गर्दै भल्लाडोलिडलाई बराबरीमा ल्याएका थिए ।
गएराती नै आईबरले ओसासुनासंग गोलरहित बराबरी खेल्दै अंक बाड्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।