Logo

श्रीलंकामा नेपालको अभ्यास खेल अन्यौलमा, स्थानिय क्लबसंग खेल्ने तयारी

कैलाश
२०७६ भदौ ७ , शनिबार ०९:०८ मा प्रकाशित

घरेलु मैदान समस्याग्रस्त भएपछि आयोजनास्थल श्रीलंकामै अभ्यासका लागि जान लागेको नेपाली युवा टोलीको अभ्यास खेल भने अन्यौलमा परेको छ । पाकिस्तान र अफगानिस्तानसहित ३ टोलीसंग अभ्यास खेल खेल्ने तयारी भएपनि अहिलेसम्म नेपालको प्रस्तावमा कुनै टोलीले सहमती जनाएका छैनन् । टोली अभ्यासकै लागि भन्दै प्रतियोगिता सुरु हुनुभन्दा १३ दिन अघि आज श्रीलंका जादैछ ।
पाकिस्तान र अफगानिस्तानले नेपालको प्रस्तावमा कुनै जवाफ नपठाएपछि नेपालले श्रीलंका कै स्थानिय क्लबसंगको अभ्यास खेलका लागि पहल थालेको छ । नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमन सिवाकोटीका अनुसार अन्य मुलुकसंगको अभ्यास खेल अन्यौलमा परेपछि नेपालले स्थानिय टोलीसंग खेल खेल्ने गरी तयारी अघि बढाएको छ । यद्यपी त्यसको पनि औपचारिक टुंगो भने लाग्न बाँकि छ ।
नेपाली टोली आज अपरान्ह साडे ३ बजे श्रीलंका जानेछ । भदौ १९ गतेबाट सुरु हुने प्रतियोगीतामा नेपालले श्रीलंका बंगलादेश र युएई रहेको समुह बीबाट प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?