Logo

टेष्ट क्रिकेटमा ईङल्याण्ड ६७ रनमा अलआउट !

कैलाश
२०७६ भदौ ६ , शुक्रबार ०९:०८ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियाबिरुद्धको तेस्रो टेष्ट क्रिकेटको पहिलो ईनिङसमा ईङल्याण्ड ६७ रनमा अलआउट भएको छ । लिड्समा भ्रमणकारी कंगारु टोलीलाई १ सय ७९ रनमा समेट्दै पहिलो ईनिङस थालेको ईङल्याण्ड झिनो स्कोरमा समेटिएको हो । जोश हजलउडले ५ तथा पाट कुम्मिन्सले ३ विकेट लिएपछि ईङलिस ईनिङस ध्वस्त भएको थियो । नेम्स पटिनसनले २ विकेट लिए ।

अष्ट्रेलियाबिरुद्ध ईङल्याण्डका जोइ डेन्लीले मात्र दोहोरो अंक छोएका थिए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । डेन्लीले बनाएको १२ रन उसको ईनिङसको सर्बाधिक स्कोर रह्यो ।
अष्ट्रेलियाले आफ्नो दोस्रो ईनिङस आजै सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?