एस्तै तयारीले सफल होला त प्रदेश १ मा पर्यटन बर्ष-रबिन गौतम

प्रदेश न. १

सरकार ले सन २०२० लाई नेपाल भ्रमण बर्ष Visitnepal2020 को रुपमा मनाउदै सरदर १३/१४ लाख बाट वृद्धि गरि २० लाख पर्यटक भित्र्याइ एवं रितले पर्यटक को भर्जिन गन्तव्य को रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धि गर्ने घोषणा गरेको छ, समृद्ध मुलुक बनाउने अभियानमा यसखाले लक्ष निर्धारण गर्नु स्वभाविक नै ठहर्छ जब पर्यटन लाई बिकास को एक आयाम मानिन्छ भने, तर निर्धारित मिति आउन १२५ दिन बांकी रहंदा यो अभियान लाई निर्दिष्ट लक्ष हासिल गर्न के कस्तो तयारी छ त्यो महत्वोपुर्ण हुने निर्बिबाद छ, मलाई लाग्दैन यहि ताल र प्रक्रिया ले हामी त्यो उपलब्धि हासिल गर्न सक्छौ ! निकै नै आशावादी भएर कार्यक्रम लन्च गर्न उद्योग बाणिज्य महासंघ का पुर्ब अध्यक्ष सुरज बैध लाई रास्टिय संयोजक तोकि गठन गरेको कार्यसम्पादन समिति ले के कार्यक्रम हरु दिदै छ आम सरोकारवाला हरु बेखबर रहेको महसुस भएको छ ।

यो रास्टिय अभियान का लागि जुन जुन प्रदेश मा जस्ता समिति हरु निर्माण भए आम गुनासो प्रतिबिम्बित भएको छ ,र हेर्दा लाग्छ यो एउटा सामान्य कार्यक्रम गर्ने आयोजक समिति हो, खासै गुणात्मक प्रतिनिधित्व जरुरी छैन, जेठ २६ ,२०७६ मा सातै प्रदेश मा बनेका समिति हरु को लगभग प्रतिनिधित्व र स्वरुप हेर्दा निष्कर्ष यहि नै आउँछ कि जुन उदेश्य का लागि कार्यक्रम गर्न लागिएको छ ,तदअनुरुप यो अघि बढन सक्दैन र लक्ष अधुरो रहने सतप्रतिसत सम्भावना देखिन्छ !!उदाहरण का लागि सोलु मा गर्ने कार्यक्रम का लागि बिराटनगर बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि ले एउटा कार्यक्रम को संयोजन गर्ला बर्ष भरी को गर्न सक्दैन, यो त बर्ष भरी को मात्र कार्यक्रम हैन 2020 लाई आधार बर्ष बनाएर अघि बढने कार्यक्रम हो !!

प्रदेश १ मा के छ त भ्रमण बर्ष को गतिविधि ??

२७ जेठ २०७६ का दिन प्रधानमन्त्री एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय का सहायक प्रबक्ता प्रकाश शर्मा ढकाल द्वारा हस्ताक्षर युक्त पत्र अनुसार गठन गरिएको भनिएको समिति मा पदेन पधादिकारी बाहेक १७ जना निजिक्षेत्र का ब्यवसायी हरु को प्रतिनिधित्व गरिएको भनिएको मा प्रदेश १ का १४ मद्दे जम्मा ५ जिल्ला का पर्यटन ब्यवसायी र अरु ३ जिल्ला मा लब्धप्रतिष्टित र योगदान का आधार भए का ब्यक्ती हुँदा हुँदै केवल प्रतिनिधित्व का लागि मात्र स्थानीय उद्योग बाणिज्य संघ लाई राखिएको छ, झापा जिल्ला बाट ६ जना लाई समिती मा राखिंदा १ जना यो आलेख तयार पार्दा सम्म को हो भन्ने पहिचान खुलेको छैन, पर्यटन केन्द्रित हुने र अन्तरास्टिय रुप मा स्थापित डेस्टिनेसन बेस जिल्ला हरु जस्तो सोलुखुम्बु ,ताप्लेजुङ , tmj क्षेत्र रहेको तेह्रथुम , अरुण रास्टिय निकुञ्ज रहेको संखुवासभा ,भोजपुर ,खोटाङ , उदयपुर ओखलढुंगा ,पांचथर, इलाम जस्ता जिल्ला बाट कुनै पनि प्रतिनिधित्व छैन। यस्तो परिस्थिति मा सम्मानजनक प्रतिनिधित्व का लागि प्रदेश सरकार ,सरोकारवाला मन्त्रालय ,मानवीय मुख्यमन्त्री ,माननीय मन्त्री र सचिब ज्यु हरु संग बुझ्दा आफै अनभिज्ञ रहेको भन्ने जानकारी पाए पछि यो क्षेत्र का आम पर्यटन संग संबंधित सरोकारवाला हरु तीन छक्क परेको अवस्था बिद्धमान छ ! सरोकारवाला मन्त्री र मुख्य मन्त्री ज्यु बाट आवश्यक प्रतिनिधित्व का लागि पहल लिनुभएको बुझिएपनी त्यो सम्बन्ध मा के हुँदै छ आम पर्यटन कर्मी हरु निरुत्तरित नै छ्न , बुझिए अनुसार प्रदेश सरकार ले चासो लिए अनुसार को कार्यसम्पादन न भै visitnepal2020 का कुनैपनी गतिविधि हरु अघि न बढने हुँदा त्यो बिषयमा विषयगत रास्टिय समिति र संघिय मन्त्रालय ले अबिलम्ब बिसयको गाम्भिर्यता लाई आत्मसात गर्ने कुरा मा प्रदेश १ का सबै सरोकारवाला प्रतीक्षारत छन। स्मरण रहोस 2020 मा प्रदेश १ को सरदर लक्ष ५ लाख पर्यटक भित्राउने रहेको छ।

भ्रमण बर्ष सफल बनाउन न्युनतम के गर्न सकिन्छ त ?

यस बिषयमा पनि चासो राख्नु उपयुुक्त नै हुन आउँछ। मुख्य तय संघीय मन्त्रालय ले सटिङ गरेको प्रदेश १ का १०० पर्यटकीय गन्तव्य को सुचि नै हाम्रो मुख्य आधार हो ! सर्बप्रथम हामिले त्यो गन्तव्य मा पर्यटक पठाउन सक्छौ वा सक्दैनौ त्यो मुख्य कुरा हो १०० बाट घटाएर वा प्रभावकारिता का आधार मा सर्ट लिस्ट गरि तत तत स्थान हरु को प्रचार प्रसार र भौतिक निर्माण र सुधार लाई आजभोलि सम्म मा सकिसक्नु पर्ने थियो भलै त्यो भएन र अब गर्नेपनी तेहि नै हो !
तोकिएका पर्यटकिय स्थल मा स्थानीय संयोजन का लागि अबिलम्ब स्थानीय समिति हरु गठन गर्ने र वहाँ हरुले गर्ने के हो त्यो किटान गरिदिनु पर्दछ।
एकबर्ष अघि बाट प्रबर्द्धन का लागि अन्तर्राष्ट्रिय बजार मा पैसा खर्च गरिरहेको नेपाल पर्यटन बोर्ड ले प्रदेश १ का लागि कुन स्तर का पर्यटक सिफारिस गर्छ र कुन कुन गन्तव्य का लागि ती पर्यटक हुन भन्ने बिषयमा प्रष्ट जानकारी प्रदेस समिति लाई अबिलम्ब गराउनु पर्ने देखिन्छ ।
सन 2020 भरी नै एस्ता गतिविधि हरु गरिरहनु पर्ने हुँदा मौसम अनुसार कस्ता गतिविधि कुन महिना मा कुन गन्तव्य मा गर्ने हो तेस्को तयारी गर्नुपर्ने हुन्छ।

प्रदेश १ मा साहासिक एडभेन्चर टुरिजम को गतिविधि हरु बढिरहेको परिप्रेक्ष मा एस्ता खेलजन्य कार्यक्रम लाई प्राथमिकता मा राखेर तालिका निर्माण गरि अघिबढनु पर्ने हुन्छ।पर्यटकिय गतिविधि मा सांस्कृतिक पक्ष संगै आउने हुँदा सांस्कृतिक सरोकार का टिम ,टोलि हरु लाई यथासक्य चुस्त दुरुस्त राख्नु आवश्यक हुन्छ।

भारत को बिहार तथा पश्चिम बंगाल बाट नेपाल आउने पर्यटक का लागि अबिलम्ब भन्सार गेट मा चेक जांच र यातायात बाट लिइने गरिने अन्तरिम अवधी का लागि एकद्वार प्रणाली स्थापित गरि सर्ब सुलब आवागमन को ब्यवस्था गरिनु पर्छ ताकी पुलिस चौकी पिछे भारतीय पर्यटक लाई दुख दिने ,रोक्ने ,हप्किदप्की गर्ने अपर्यटन मैत्री व्यवहार को अन्त्य गरिनु पर्दछ ।

निजिक्षेत्र का होटल ,रिसोर्ट ,ट्राभल तथा होमस्टे का कृयाशिल संस्था हरु ले आफ्ना सदस्य प्रतिस्ठान मार्फत visitnepal2020 को समयावधि भरी के कस्ता सुबिधा थप गर्ने ,छुट दिने अबिलम्ब घोषणा गर्नु पर्दछ ।

अहिलेसम्म राष्ट्रिय समितिले प्रदेश स्तरीय उद्घघाटन कार्यक्रम सातै प्रदेशमा हुने भने बाहेक visitnepal2020 को राष्ट्रिय सचिवालयले हाल सम्म कुनै खाले कार्यक्रमको स्वरुप र खाका नपठाएको र समयसीमा एकदम छिटो रहेको हुदा न्युनतम कार्यसूची सहित कार्यक्रम गर्न सके केहि उपलब्धि अवस्य हासिल हुन्थ्यो भने आशा गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।