Logo

रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान

न्युजडेस्क
२०७६ भदौ ३ , मंगलबार ०९:०८ मा प्रकाशित

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनासँग बयान लिइएको छ ।

लामिछाने सहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालयमा हिजो बयान लिइएको हो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।

सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । हिजो निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो । निषेधिक क्षेत्र जारी गरे पनि रवी समर्थहरुले भने प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?