Logo

१५ वर्ष मुनिको साफ च्याम्पियनसीप खेल्ने नेपाली टोलीको बिदाई

न्युजडेस्क
२०७६ भदौ १ , आईतबार ०५:०८ मा प्रकाशित

भारतको कलकतामा भदौ ४ गते बाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने नेपाली टिमका खेलाडिहरुलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरि शुभकामना सहित विदाइ गरिएको छ । अखिल नेपाल फुटवल संघ र सुनसरी जिल्ला फुटवल संघले संयुक्त रुपमा खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको हुन् ।

चौथो सस्करणको साफ अण्डर १५ च्याम्पियन प्रतियोगितामा सहभगागित जनाउन जाने खेलाडिहरुलाई सुनसरीको इटहरीमा एन्फा अध्यक्ष कर्माछिरिगं शेपा लगायतले बिधाई गरेका हुन् । भारतको कलकतामा हुने प्रतियोगितालाई मध्यनजर गर्दै सो ठाउँको मौसमी वातारण मिल्ने ठाउँका रुपमा इटहरीमा केही दिन अघि देखि अभ्यास गरिरहेका खेलाडिहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरि बिधाई गरियो ।

प्रदिप लम्सालको कप्तानीमा रहेको नेपाली टिमले पहिलो खेल चिरप्रतिद्धन्दी भारतसंग उद्घाटन खेल खेल्दै छ । प्रतियोगिताका लागि जाने खेलाडिहरुलाई शुभकामना तथा विदाई कार्यक्रममा एन्फाका आमन्त्रीत बरिष्ठ उपाध्यक्ष किशोर राई , प्रवक्ता किरण राई ,इटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवश पोखरेल लगायतले खेलाडिहरुलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रम सुनसरी जिल्ला फुटवल संघका अध्यक्ष केशव कार्कीको अध्यक्षतामा भएको थियो ।

टोलीको कप्तानी प्रदीप लम्सालले गरिरहेका छन्। नेपालले पहिलो खेल भारतविरुद्ध भदौ ४ गते कल्याणी स्टेडियममा खेल्नेछ।प्रतियोगितामा आयोजक राष्ट्र भारतसँगै साविक विजेता बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानसँगै नेपालले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

गतवर्ष काठमाडाैँमा सम्पन्न प्रतियोगितामा नेपाल चौथो स्थानमा रहेको थियो। सोक्रममा बंगलादेशले पाकिस्तानलाई पेनाल्टीमा पराजित गर्दै उपाधि चुम्न सफल भएको थियो। भारतीय टोली भने तेश्रो स्थानमा रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?